अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दबाबमूलक कार्यक्रम गर्ने माओवादी धाराका दलहरूको निर्णय

दबाबमूलक कार्यक्रम गर्ने माओवादी धाराका दलहरूको निर्णय


काठमाडौँ-माओवादी धाराका दलहरूको बैठकले दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र भइरहेको भन्दै विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको एक नेताले बताए । 

फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र  ३० गते अन्तरक्रिया गर्ने दलहरूले निर्णय गरेका छन् ।  

बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू सहभागी थिए।