अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१२ कक्षापछि विवाह गर्ने छोरीलाई पालिकाले दियो  ५० हजार  

१२ कक्षापछि विवाह गर्ने छोरीलाई पालिकाले दियो  ५० हजार  


सर्लाही-सर्लाहीको चन्द्रनगर गाउँपालिकाले १२ कक्षापछि विवाह गर्ने छोरीलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । गाउँपालिकाले हालसम्म १२ जनालाई उक्त सहयोग गरेको जनाएको हो । 

गाउँपालिकाले बिहीबार जयपालसिंह दनुवारकी २१ वर्षीया छोरी लक्ष्मीसिंह दनुवारलाई विवाह मण्डपमै ५० हजार रुपैयाँ नगदले सम्मान गरेको थियो । गाउँपालिकाले यसअघि १२ कक्षापछि विवाह गर्ने अन्य छोरीलाई सम्मान गरेको छ । 

गत वैशाखमा स्थानीय तह निर्वाचनपछि गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले आफ्नो सेवा क्षेत्रभित्र कक्षा १२ को अध्ययन पूरा गरी २० वर्ष पार गरे विवाह गर्ने छोरीलाई प्रोत्साहन स्वरूप ५० हजार रुपैयाँ नगद सम्मान प्रदान गर्ने निर्णय गरेको थियो ।