अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

उपराष्ट्रपति उम्मेदवारको टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक


काठमाडाैं – नेकपा एमालेले सचिवालय बैठक बाेलाएकाे छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बिहान बस्ने गरी एमालेले सचिवालयको बैठक बोलाएको हाे । बैठक शनिबार बिहान ९ बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयाे।

बैठकले उपराष्ट्रपतिकाे उम्मेदवार टुंगाे लगाउने बताइएकाे छ। बैठकमा राष्ट्रपति चुनावकाे समेत समीक्षा हुने बताइएकाे छ।

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबारलाई उम्मेदवारी दर्ताको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।