अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ: अध्यक्ष ओली

नयाँ पुस्तालाई पार्टीमा ल्याउनुपर्छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताउनुभएको छ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताउनुभयो।

“खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गर्नुभयो। उहाँले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताउनुभयो।अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराउनुभयो ।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताउनुभयो । उहाँले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताउनुभयो । उहाँले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डो¥याउने काममा महासङ्घले गर्नुपर्ने भनाइ राख्नुभयो ।

उहाँले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताउनुभयो । महासङ्घको हालै विराटनगरमा भएको दोस्रो राष्ट्रिय अधिवेशनले परशुराम बस्नेतको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी चयन गरेको थियो।