काठमाडौ- अन्तरव्यवस्थापिका संघको १४६ औं महासभामा सहभागी हुन ९ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन प्रस्थान गर्नुभएको छ । फागुन २७ देखि चैत १ सम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल शुक्रबार साँझ ७ बजे दुबई हुँदै मानामातर्फ प्रस्थान गरेको हो।
फागुन २७ देखि चैत १ सम्म बहराइनको मानामामा सञ्चालन हुने उक्त महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल शुक्रबार साँझ ७ बजे दुबई हुँदै मानामातर्फ प्रस्थान गरेको हो।
प्रतिनिधिमण्डलमा सभामुखसहित संघीय सांसदहरू रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सांसद इन्दु कडरिया, संघीय संसदका महासचिव भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संघीय संसद् सचिवालयका शाखा अधिकृत राजन घिमिरे सहभागी छन् ।
महासभामा सभामुखले ुशान्तिपूर्ण सहअस्तित्व र समावेशी समाजको प्रवर्द्धन, असहिष्णुता विरुद्धको संघर्षु विषयको बहसमा आफ्नो प्रस्तुती दिने कार्यक्रम छ । यस अधिवेशनले १४७औं महासभाको आयोजकको टुंगो पनि लगाउने बताइएको छ ।






प्रतिक्रिया