काठमाडौं – नौ दलीय गठबन्धन उपराष्ट्रपतिको साझा उम्मेदवार चयन गर्न असफल भएको छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको नौदलीय गठबन्धनको बैठकले उपराष्ट्रपतिमा एकै उम्मेदवार चयन गर्न नसकेको हो।
उपराष्ट्रपति पदमा जसपा र जनमत पार्टी दुवैले दाबी गरेपछि साझा उम्मेदवार चयन हुन नसकेको हो ।
यसअघि नै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादव र जनमतले ममता झालाई उपराष्ट्रपतिकाे उम्मेदवारका रुपमा अघि सारिसकेकाे छ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदै छ।
बिहान ९ बजे खुला गरिएको उम्मेदवारी दर्ताको समय दिउँसो २ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।






प्रतिक्रिया