काठमाडौं – नौ दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले शनिबार उम्मेदवारी दिनुभएको हो ।
साझा उम्मेदवार चयन गर्न भनेर आज बिहान बालुवाटारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताको बैठक बसेको थियो। तर बैठकमा एउटै उम्मेदवार चयन गर्ने विषयमा सहमति हुन नसकेपछि जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाएका हुन्।
जनमत पार्टीबाट केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिनु भएको छ ।






प्रतिक्रिया