अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमतबाट उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता

जनमतबाट उपराष्ट्रपतिमा ममता झाको उम्मेदवारी दर्ता


काठमाडौँ – सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनु भएको छ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो।

साझा उम्मेदवार चयन गर्न भनेर आज बिहान बालुवाटारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साहसमेत १० दलका शीर्ष नेताको बैठक बसेको थियो। तर बैठकमा एउटै उम्मेदवार चयन गर्न विषयमा सहमति हुन नसकेपछि जसपा र जनमत पार्टीले आआफ्ना उम्मेदवारलाई उपराष्ट्रपतिमा उठाउन लागेका हुन्। 

आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्मका लागि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ताको समय खुला गरिएको निर्वाचन आयोगले जनाएकाे छ।