काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी राष्ट्रपति हुनुहुदैन भनेर प्रचण्ड डाँको छोडेर हिडेको बताउनुभएको छ ।
कम्यूनिष्टको नाममा प्रचण्ड आफैं दक्षिणपन्थी र दक्षिणपन्थीताको दलाली गर्ने गरेको अध्यक्ष ओलीको भनाइ छ ।
अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाएपछि गठबन्धन डराएको बताउनुभएको छ ।
अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै भन्नुभयो ‘हामीले अष्टलक्ष्मीलाई उम्मेद्वार बनाएपछि नौ दल डराएर १० दल बनाए ।’
एमालेसँग लड्न कसैले पनि एक्लै नसक्ने उहाँले बताउनुभयो । एमालेसँग एक्लै लड्ने साहस नभएरै गठबन्धन बनाएको बताउनुभयो । ‘जंगली भैसी हुलमा बस्छन् । एउटै भैंसीले सिंहसँग लड्ने आँट गर्दैन । अस्ती पुष १० गते भेडाको बथानमा हामी पसेका । तिनीहरु छिल्लीबिल्ली भए । सरकार बनायौं ’ अध्यक्ष ओलीले भन्नुभयो ‘ तिनीहरु दसतिर फर्केका छन् ।एमालेले यताबाट आक्रमण गर्छ कि उताबाट आक्रमण गर्छ कि भन्ने डर छ । ’
एमालेले समृद्ध नेपाल,सुखी नेपालप्रति एमालेले अर्जुनदृष्टी लगाएको बताउनुभएको छ ।






प्रतिक्रिया