अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्यविनायकबासी भन्न गौरव गर्ने गरी काम गर्छौं : कार्यवाहक नगरप्रमुख भट्टराई

सूर्यविनायकबासी भन्न गौरव गर्ने गरी काम गर्छौं : कार्यवाहक नगरप्रमुख भट्टराई


भक्तपुर- सूर्यविनायक नगरपालिकाकी कार्यवाहकप्रमुख सरिता भट्टराईले नगरलाई उत्कृष्ट नगरको रुपमा विकास गर्ने बताउनुभएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका स्थापना भएको छैटौं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई भट्टराईले सो कुरा बताउनुभएको हो । नगरपालिका स्थापना भएको छ वर्ष मात्र भए पनि यस ठाउँको कला संस्कृति,इतिहास,सम्पदा हजारौं वर्ष पुराना भएको उहाँको भनाइ छ । ‘राज्यपुनसंरचनाको हिसाबले हामी छ वर्ष लागेका छौं । तर यहाँका बासिन्दा,संस्कृति जनजीवन हजारौं वर्ष पुराना छन्’ भट्टराईले भन्नुभयो ‘ति हाम्रा सम्पदा हुन् । तिनीहरुको संरक्षण गरेर यस नगरपालिकालाई पर्यटकीय र साँस्कृतिक नगरको रुपमा विकास गर्नेछौं ।’
संघीय राजधानी भित्रको नगरपालिका भएकोले देशैभरीबाट आउने जानेहरुले सुूर्यविनायकलाई अवलोकन गर्न पाउने उहाँले बताउनुभयो । ‘देशैभरीका नागरिकहरु यस ठाउँमा आउजाउ गर्नुहुन्छ । त्यसैले हामीले राम्रो काम गरे पनि देशैभरी फैलन्छ । नराम्रो गरे पनि देशैभरी फैलन्छ’ भट्टराईले भन्नुभयो ‘हामीलाई नराम्रो गर्ने छुट छैन । नुमना काम गरेर देशैभरी सूर्यविनायकको नाम फैलाउनु पर्दछ । ’
स्थापना दिवश तीनसम्म मनाएर एउटा औपचारिकता पुरा गरेको भट्टराईको भनाइ छ । नगरपालिकाले जनप्रतिनिधी र कर्मचारीबीच मैत्रीपूर्ण फूटसल,विद्यालय,स्वास्थ्यचौकी,सहकारीहरु सरसफाई लगायतका कार्यक्तम गरेको थियो । आज १० वटै वडाका जनप्रतिनिधी,कर्मचारी,शिक्षक,विद्यार्थी सहितको सहभागितामा प्रभातफेरी गरेर कार्यक्रमको समापन गरिएको थियो ।

यहाँका संस्कृति,झांकी,खेलकुद,शिक्षा आदिलाई उत्साह प्रदान गर्न र त्यसको प्रचार प्रसारको लागि तीनदिनसम्म विविध कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
भट्टराईले आफूहरु निर्वाचित भएर आएपछि बनाइएको नीति कार्यक्रम र बजेटको कार्यन्वयन प्रभावकारी ढंगले भइरहेकोले जनमुखी विकासका कामहरु पनि द्रुत गतिमा बढाउन थालिएको बताउनुभयो । आफ्नो पाँचवर्षे कार्यकालमा नगरपालिकालाई नमुना नगर बनाउने,यहाँका बासिन्दालाई सूर्यविनायकका बासिनदा भएको गौरव अनुभती गराउने गरी काम गर्ने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।

२०७३ साल फागुन २७ गते तत्कालिन अनन्तलिंगेश्वर र सूर्यविनायक नगरपालिकालाई गाभेर सूर्यविनायक नगरपालिका स्थापना गरिएको थियो ।