काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा १० दलीय सत्ता गठबन्धनले जालझेल गर्न खोजेको आरोप लगाउनु भएको छ।
आज ललितपुरमा आयोजित अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उपराष्ट्रपति निर्वाचनमा दश दलीय गठबन्धनले जालझेल गर्न खोजेको बताउनु भएको हो ।
राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले फरक समुदायको भनेर पुरुष नै उम्मेदवारी दिएर जालझेल गरेको अध्यक्ष ओलीले बताउनु भयो ।

संविधानको मर्म राष्ट्रपति र उपराष्ट्रपति फरक फरक समुदायको हुनुपर्ने नभएको उहाँको भनाइ छ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले अहिलेको संविधानमा ३३ प्रतिशत महिला र धेरै ठाउँमा, ७५३ वटा पालिकामा अल्टरनेट प्रमुख-उपप्रमुख गरेका छौँ। सभामुख, उपसभामुखमा अल्टरनेट हुनुपर्ने। राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्षमा अल्टरनेट हुनुपर्छ। राष्ट्रपति, उपराष्ट्रपति अल्टरनेट हुनुपर्ने कि नपर्ने भन्दा १० दलीय गठबन्धन महिलाविरोधी छ।’
अध्यक्ष ओलीले १० दलीय गठबन्धनले जालझेल गर्न खोजिरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यसको मर्म अर्को समुदायसँग होइन । पुरुष हुन्छ भने महिला। महिला हुन्छ भने महिला हुनसक्थ्यो तर त्यो कुरा स्पष्ट भएन संविधानमा। महिला राष्ट्रपति भयो भने उपराष्ट्रपति महिला हुन नसक्ने भन्ने कुरा होइन । तर अहिलेको अवस्थामा त्यो सम्भव होइन कि जस्तो संवैधानिक व्यवस्था देखिन्छ।’






प्रतिक्रिया