काठमाडौँ-नेपाल राष्ट्र बैँकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १३८ रुपैयाँ ५६ पैसा र बिक्री दर १३९ रुपैयाँ २९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५६ रुपैयाँ ९७ पैसा र बिक्री दर १५७ रुपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।







प्रतिक्रिया