काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएका रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो ।
उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ मा हुँदै छ ।






प्रतिक्रिया