अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै

माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै


काठमाडौँ-माओवादी घटकका दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । माओवादी घटकले आज अपराह्न २ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । 

जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेपछि  माओवादी घटकले आपत्ति जनाउँदै आएका छन् । 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरू उपस्थित रहनेछन् ।

माओवादी घटकले असहमति जनाउँदै आएपनि शुक्रबार सर्वोच्च अदालतले माओवादी अध्यक्ष प्रचण्डलाई पक्राउ गरी पाउँ भन्दै परेको रिटलाई अग्राधिकार दिई १५ दिनभित्र अदालतमा उपस्थित हुन वा वारेसमार्फत जवाफ दिन आदेश दिएको छ ।