अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्ने तयारी

राष्ट्रपति भण्डारीको कार्यकाल सकियो, निजी निवासमा सर्ने तयारी


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिँदै छ । उहाँको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो। 

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनुभयो । 

भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ आफ्नो निजी निवासमा सर्ने तयारीमा रहेको उहाँको सचिवालयले जनाएको छ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल  निर्वाचित हुनुभएको छ ।