काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत आज उम्मेदवारको नामावली उपर दाबी विरोध गर्न सकिनेछ ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म दाबी विरोधको गर्न सकिने भएको हो ।
उम्मेदवारमाथिको दाबी विरोधमाथि छानबिन गरेपछि आजै बेलुका ५ बजे नामावली प्रकाशन गरिने छ । भोलि दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र भोलि दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
यसअघि शनिबार स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा उत्साहजनक रूपमा उम्मेदवारी भएको छ ।






प्रतिक्रिया