काठमाडौं – उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता साझेदार दलहरुको बैठक जारी छ। बैठक सिंहदरबारमा बसिरहेको छ।
सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम रहेपछि आधिकारिक एक जना मात्र उम्मेदवार कायम गर्ने प्रयासमा दलहरु सक्रिय छन् ।
नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ ।
निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसो ४ बजेभित्र उम्मेदवारी फिर्ताको समय तोकेको छ । पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।






प्रतिक्रिया