अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रिटर्नी फेडेरेसन अर्घाखाँचीको अध्यक्षमा मित्रमणि मिश्र

रिटर्नी फेडेरेसन अर्घाखाँचीको अध्यक्षमा मित्रमणि मिश्र


काठमाडाैं – नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपाल अर्घाखाँचीकाे अध्यक्षमा मित्रमणि मिश्र चयन हुनुभएकाे छ । 

शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट मिश्र सर्वसम्मत रुपमा अध्यक्ष चयन हुनुभएकाे हाे । अधिवेशनले मिश्रकाे नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेकाे हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्न पार्टी नेतृत्वसँग आफूहरुले छलफल र परामर्श गरिरहेको बताउनुभयाे ।