अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनमतका ममता झाले उम्मेदवारी फिर्ता नलिने !

जनमतका ममता झाले उम्मेदवारी फिर्ता नलिने !


काठमाडौँ – जनमत पार्टीले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता नलिने भएको छ।

सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएको छ। झालाई गठबन्धनकै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले साथ दिएको छ। ममता झाको समर्थक र प्रस्तावक जनमत, लोसपा र उन्मुक्ति पार्टी बसेका छन्।

सिंहदरवारमा बसिरहेको गठबन्धनको बैठकमा जनमतलाई उम्मेदवारी फिर्ता लिन दबाब दिएको तर फिर्ता लिन तयार नभएको एक स्रोतले जनाएको छ ।

जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्र नारायण यादवले ममता झाले कुनै पनि हालतमा उम्मेदवारी फिर्ता नलिने बताउनु भयो । उहाँले अझै पनि पुरुष उम्मेदवारको विरुद्ध मुद्दा पर्ने सम्भावना रहेका कारण ममता झाको उम्मेदवारी कायम रहने बताउनु भयो।