अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला

एमाले प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला


काठमाडौं – नेकपा एमाले प्रमुख सचेतकमा पदम गिरी र सचेतक महेश बर्तौला मनोनित हुनुभएको छ ।

संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक चयन गरेका हुन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

गिरी र बर्तौला दुबै विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदायका नेता हुन । गिरी पिएन क्याम्पसका पूर्व स्ववियु सभापति हुन भने बर्तौला हेटैँडा क्याम्पसका पूर्व स्ववियु सभापति हुन् ।