अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका कार्यकर्ता समाजका रोलमोडल हुनुपर्छ: अध्यक्ष कार्की

एमालेका कार्यकर्ता समाजका रोलमोडल हुनुपर्छ: अध्यक्ष कार्की


विर्तामोड – नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीले एमालेका कार्यकर्ता समाजका रोलमोडल हुनुपर्ने बताउनु भएको छ।

आज गौरादह ७ को मिसन ग्रासरुट अभियानको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले नीति, विचार, सिद्धान्तसँग मेलखाने जीवन शैली भएमात्र जनताले विश्वास गर्ने भएकाले आफ्नो कार्यशैलीलाई अनुकरणीय बनाउन कार्यकर्तालाई निर्देशन दिनुभएको हो।

अध्यक्ष कार्कीले हरेक पार्टी सदस्य पार्टीको अभियानमा जोडिनु पर्ने र पार्टीको ‘होलवडी चेकअप’मा सक्रिय हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘जिम्मेवारी पूरा नगर्ने नेता-कार्यकर्तालाई कार्वाही गर्न पनि पार्टी पछि पर्ने छैन।’

गौरादह ७ का अध्यक्ष मुकुन्दप्रसाद भट्टराईको अध्यक्षतामा भएको विस्तारित बैठकमा प्रदेश सदस्य गणेश पोखरेलले ग्रासरुट अभियान सबै पार्टी सदस्यको घरसम्म पुग्ने बताउनुभयो । उहाँले आधारभूत तहमा पार्टी बलियो बनाउनु पर्ने उल्लेख गर्नुभयो ।

बैठकले मिसन ग्रासरुट अभियान सञ्चालनका लागि गौरदह ७ का ५ वटा नै टोलमा चैत ३ र ४ गते विस्तारित भेला आयोजना गर्ने निर्णय गरेको एमाले झापाका जिल्ला सदस्य नारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार १, २ र ५ नम्बर टोलको चैत ३ गते र ३ र ४ नम्बर टोलको चैत ४ गते विस्तारित भेला आयोजना गरिएको छ ।