अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा नेताहरुलाई सामुहिक विदाइ भेट

राष्ट्रपति भण्डारीद्वारा नेताहरुलाई सामुहिक विदाइ भेट


काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलका नेताहरुसँग भेटवार्ता गर्नु भएको छ । आफ्नो ५ वर्षको कार्यकाल पूरा गरेकी राष्ट्रपति भण्डारीले आज नेताहरूलाई शीतलनिवासमै बोलाएर चियापानसहित सामूहिक भेट गर्नुभयो ।राष्ट्रपतिको निम्तोमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेता शीतल निवास पुगेका थिए । भेटवार्ता करिव दुई घन्टा चलेको शितल निवास स्रोतले बताएको छ ।

भेटमा भण्डारीले आफ्नो दोस्रो कार्यकाल सफल बनाउन सहकार्य र सहयोग गरेकोमा दलहरुलाई धन्यवाद दिनुभयो।