काठमाडौं -नेपाल नगरपालिका संघले कर्णाली प्रदेशको राजधानीमा रहेको वीरेन्द्रनगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ ।
नेपाल नगरपालिका संघका अनुसार वन,वातावरण,जलवायु परिर्वतन र उत्पादनशिलता क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गर्ने निर्णय गरेको नगरपालिका संघका एक पदाधिकारीले जानकारी दिए ।
नगरप्रमुख मोहनमाया ढकालका अनुसार संघले वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट घोषणा भएको जानकारी पाएको बताउनुभयो ।
संघले आफ्नो ३० औं स्थापना दिवशका अवसरमा आज काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले नगरप्रमुख ढकाललाई पुरस्कृत गर्ने कार्यक्रम रहेको नगरपालिका संघले जनाएको छ ।
संघले विभिन्न पाँच वीरेन्द्रनगर सहित पाँचवटा नगरपालिकालाई पुरस्कृत गर्ने जनाएको छ ।
प्रतिक्रिया