काठमाडौं – सात वर्षे कार्यकाल सकेर राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट फर्कदैं गर्दा उहाँको गन्तव्य कहाँ हो भनेर आम मानिसले जिज्ञासा राखेका छन्।
नेकपा एमालेको उपाध्यक्ष भएकै समयमा २०७२ कातिक पहिलो पटक राष्ट्रपति पदमा चुनिुनु भएकी भण्डारी दोस्रो कार्यकालयका लागि २०७४ फागुन २९ गते निर्वाचित हुनुभएको थियो । नेपालको इतिहासमा महिला र दुईपटक राष्ट्रपति हुने इतिहास रचेर फर्किदै गर्नुभएकी ६१ वर्षीय भण्डारीलाई उमेरले अझै कम्तीमा एक दशक सक्रीय राजनीतिक गर्ने मौका दिएको छ ।
भण्डारी नेकपा एमालेको राजनीतिमा फर्केर पार्टी अध्यक्ष हुनुपर्छ भनेर निमन्त्रणा दिने र सक्रीय राजनीतिमा फर्कनु पदीय मर्यादा विपरित हुन्छ भन्नेहरु उतिकै संख्यामा छन् । राष्ट्रपति पदको कुलिङ पिरियड सकिएपछि भविष्यमा भण्डारीले राजनीतिमा आउने वा नआउने के निर्णय गर्नुहुन्छ त्यो उहाँको चाहना र नेकपा एमाले भित्रको शक्ति सन्तुलनको अवस्थाले पनि निर्धारण गर्दछ ।
आफ्नो कार्यकालको अन्तिम सन्ध्यामा उहाँले संसदमा प्रतिनिधीत्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष र सभापतिलाई शितल निवासमा ‘चिया छलफल’का लागि बोलाउनु भयो । साँझ पाँच बजेपछि अढाइ घण्टा भएको उक्त छलफलमा भण्डारीको कार्यकालको समिक्षा नेताहरुले गरे । कसैले संविधानको रक्षकको उपमा दिए त कसैले दलीय संलग्नताको झल्को कहिलेकाँही महसुष गर्नुपरेको गुनासो गरे । तर त्यो भन्दा मुख्य कुरा त भण्डारीको भावी जीवनका बारेमा पनि नेताहरुले अनेक अपेक्षा र टिप्पणी गरेको सुनियो ।
शितल निवासमा सहभागी एक नेताका अनुसार अधिकांस नेताले भण्डारीलाई खुाला राजनीतिमा आउन निम्तो दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘तपाईंले जे निर्णय गर्नुहुन्छ स्वनिर्णयले गर्नुहोस’ अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एक सहभागीले भन्नुभयो ।
प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि भण्डारीलाई राजनीतिमा स्वागत गरिने बताउनुभयो । ‘तपाईं राजनीतिमा आउनुपर्छ’ दाहालको भनाइ उधृत गर्दै स्रोतले भन्यो ।
भण्डारीलाई राजनीतिमा आउनु पर्छ भन्दै नेपाली काँग्रेसका भापति शेरबहादुर देउवाले त लामै भूमिका बाँधेको भण्डारीको सचिवालयका एक सदस्यले यो बेलालाई बताए । ति सदस्यका अनुसार देउवाले ‘तपाई राजनीतिमा आए हुन्छ ’ भन्नुभयो । त्यती मात्र होइन भण्डारीको आनीबानीको प्रशंसा गर्दै देउवाले भनेको उधृत गर्दै ति सदस्यले भने ‘तपाई तालि र गाली सहन सक्ने नै मान्छे हो । उमेर पनि छ । आउनुहोस राजनीतिमा । मेरो सदासयता नै छ ।’
यसपालीको निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भण्डारीलाई अभिभावकको संज्ञा दिनुभयो। लामिछानेले भण्डारीलाई सल्लाह दिने हैसियतमा नभएको बताउनुभयो । लामिछानेले भन्नुभयो ‘म हिजो राजनीतिमा नहुँदा पनि तपाईंलाई अभिभावक नै मान्थे । मलाई बोलाएर पटक पटक विभिन्न सुझाव र सल्लाह दिनु भएकै हो । आज राजनीतिमा हुँदा पनि अभिभावक नै मान्छु । तर राजनीतिमा आउने नआउने विषयमा म सुझाव दिने हैसियत राख्दिन ।’
मधेस केन्द्रित दलका नेताहरु उपेन्द्र याद,महन्थ ठाकूर र सिके राउत पनि भण्डारीलाई राजनीतिमा पुनरागमन भए राम्रै हुने सुझाव दिएका छन् ।
भण्डारीका प्रेस सल्लाहकार टिका ढकालका अनुसार नेताहरुले उहाँको कार्यकालको समिक्षा र भावी दिनका बारेमा पनि केही चर्चा गरेका छन् । ‘राजनीतिक मान्छेहरुको जमद्धटमा राजनीतिका कुरा हुने नै भए’ ढकालले भन्नुभयो ‘सबैका सुझाव सुनेपछि राष्ट्रपतिज्यूले आफ्नो निमन्त्रणालाई स्विकारेर आउनु भएकोमा सबैलाई धन्यवाद दिनुभयो । ’






प्रतिक्रिया