अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिसन ग्रासरुट: कोशी प्रदेशमा एमालेप्रति वृद्धहरुको चासो बढ्दै

मिसन ग्रासरुट: कोशी प्रदेशमा एमालेप्रति वृद्धहरुको चासो बढ्दै


विराटनगर – कोशी प्रदेशको एकमात्र महानगर विराटनगरले पाँच हजार पार्टी सदस्यलाई नविकरण गर्ने अभियान सुरु गरेको छ। मिसन ग्रासरुट अभियान अन्तरगत महानगरका १९ वडा कमिटी र १७४ वटा टोल कमिटीको भेला बैठक गरिरहेको छ।

महानगर कमिटीका अध्यक्ष सागर थापाले महानगरभित्र नेकपा एमालेका पाँच हजार संगठित सदस्य रहेका र तिनीहरुको अवस्था बुझ्ने र सदस्यता नविकरण गर्दै मिसन ग्रासरुटलाई अघि बढाउने काम भइरहेको जानकारी दिनुभयो।

पार्टीका केन्द्रीय प्रतिनिधि विशाल भट्टराई पनि ग्रासरुटको नेतृत्व गरेर टोलटोलमा पुगेर कार्यकर्तालाई उर्जा दिने काम भइरहेको थापाले बताउनुभयो ।

आज मात्र विराटनगर ११ स्थित बुद्धबिहार टोल संगठनको आयोजनामा वृक्षरोपणको काम गरिएको उहाँले बताउनुभयो । मिसन ग्रासरुटको कार्यक्रम दिनहुँ रुपमा महानगरमा भइरहेको र चैत १० गतेभित्र टोलका सबै अधिवेशन सम्पन्न गरिसक्ने थापाले जानकारी दिनुभयो ।

ज्यामिरेमा अभिमुखिकरण

मिसन ग्रासरुट कार्यक्रम अन्तरगत ओखलढुंगाको सिद्धिचरण नगरपालिका ९ मा अभिमुखिकरण तथा योजना निर्माण कार्यक्रम भएको छ । कार्यक्रममा मिसन ग्रासरुटलाई प्रभावकारी ढंगले अगाडि बढाउने छलफल भएको नेकपा एमाले प्रदेश कार्यालयका नेता नरेन्द्र बरालले जानकारी दिनुभयो ।

वृद्धहरुको पार्टीमा चासो बढ्दै

मिसन ग्रासरुट अभियानलाई तेह्रथुममा भने वृद्धहरुले पनि चासोपूर्वक सहभागीता जनाएका छन् । जनसंख्याको चाप घट्दै गएको तेह्रथुममा मिसन ग्रासरुट भने उत्साहपूर्वक बढिरहेको छ। पूर्वी पहाडी जिल्लाहरुमा पछिल्ला वर्षहरुमा युवाहरु विदेश जाने र स्थानीयहरु बसाइसर्ने क्रम बढ्दो छ । यसको चापमा परेको तेह्रथुमका गाउँमा रहेका वृद्धहरु पार्टीका बैठक र छलफलमा सहभागी हुने गरेका छन् ।

जिल्लाको छथर गाउँपालिका ३ पञ्चकन्यामा एमाले नेता लक्ष्मण तिवारीको नेतृत्वमा भएको कार्यक्रममा वृद्धहरुले चासोका साथ सहभागीता देखाएक थिए । एमालेले अहिले के गरिरहेको छ रु र अब के गर्छ ? भन्ने विषयमा उनीहरुको चासो थियो ।