काठमाडौँ-नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ १० पैसा र बिक्री दर १३१ रुपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।







प्रतिक्रिया