कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिइएको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरेर आज कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको छ।
यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भएपनि अहिले फागुन ३० गते बिदा दिइएको हो । रानाथारू समुदायले आफ्नो सबैभन्दा ठुलो महत्त्वपूर्ण पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाउँछन्।







प्रतिक्रिया