अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

स्वास्थ्य मन्त्रालयले सेवाबाट हटायो वीर अस्पतालका पाँच स्टाफ नर्स  

स्वास्थ्य मन्त्रालयले सेवाबाट हटायो वीर अस्पतालका पाँच स्टाफ नर्स  


काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ। कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालअन्तर्गत वीर अस्पतालमा कार्यरत स्टाफ नर्सहरूलाई सेवाबाट हटाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेको भन्दै पाँचौँ तहका स्टाफ नर्सहरू सम्झना श्रेष्ठ, सुशीला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवाबाट हटाएको हो।

उनीहरू लामो समयदेखि कार्यालयमा हाजिर भएका थिएनन्। गोरखापत्रमा सूचना निकालेर  ३० दिनभित्र अस्पतालमा हाजिर हुन आउन भनिए पनि नआएपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नियमावली १३३ को ९घ० बमोजिम हटाएको  सूचनामा उल्लेख छ ।