अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलनको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने 

मानव अधिकार रक्षकको राष्ट्रिय सम्मेलनको उद्घाटन एमाले अध्यक्ष ओलीले गर्ने 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुने छ । 

आज राष्ट्रिय सभा गृहमा हुने सम्मेलनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने भएको हो । 

लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, सुशासन र जबाफदेहिताको स्थानीय तहसम्म प्रवर्द्धन र सुदृढीकरणका लागि ७ सय ५३ स्थानीय तह र ७ प्रदेशबाट प्रतिनिधित्व हुने मानव अधिकार रक्षक एवं सामाजिक अभियन्ताहरूको वृहत् राष्ट्रिय सम्मेलन हुन लागेको राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चका अध्यक्ष मीनबहादुर शाहीले जानकारी दिनुभयो ।