काठमाडौँ-राष्ट्रिय जनमोर्चाले संघीयताविरूद्ध देशव्यापी अभियान चलाउने भएको छ ।
बुटवलमा फागुन २७ र २८ गते बसेको राष्ट्रिय परिषद्को प्रथम बैठकले संघीयताविरूद्ध चैतमा देशव्यापी अभियान चलाउने निर्णय गरेको हो।
बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बैठकले संघपर्षका आगामी कार्यक्रम तय गरेको छ। संघीयताविरूद्ध यही चैत १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने निर्णय भएको छ।’
यस्तै चैत २४ गते जनआन्दोलन दिवसका अवसरमा ‘गणतन्त्र रक्षा गरौं, प्रतिगमनका विरुद्ध संघर्ष गरौं’ भन्ने नारासहित कार्यक्रम गर्ने जनमोर्चाले निर्णय गरेको छ।






प्रतिक्रिया