काठमाडौँ-माओवादी धारको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार माओवादी धारले आज गर्ने भनिएको अन्तर्क्रिया कार्यक्रम स्थगित भएको हो ।
२६ फागुनमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारको बैठकले नागरिक अगुवा, बुद्धिजीवी र शान्ति प्रक्रियाका पक्षधरसँग ३० गते अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो । तर अन्तिम समयमा उक्त कार्यक्रम स्थगित भएको हो ।






प्रतिक्रिया