काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने आँट कसैसँग नभएको बताउनुभएको छ।
मानव अधिकार एलायन्सको सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा प्रतिष्पर्धाकाे नभएर गुटबन्धी र जा जालझेलकाे राजनीति भइरहेकाे बताउनुभयाे ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले त डेमोक्रेसी भन्ने कहाँ छ र ? गुटबन्दी, जालजेल तिकडम बाँडीचुडी त्यही हाेइन र अहिलेकाे राजनीति ? कसले प्रतिस्पर्धा गरेको छ ? नेकपा एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने आँट कसैसँग छैन ? काेही प्रतिष्पर्धा गर्न आउने आँटै गर्दैन, प्रतिष्पर्धै छैन, यहाँ त काले काले मिलेर खाउँ भालेकाे स्थिति छ ।’
अध्यक्ष ओलीले देशमा एमाले बाहेक एकाध अरु सबै नाम मात्रका पार्टी रहेका बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘पार्टीका अगाडि राष्ट्रिय वा नेपाल हुन सक्छ तर ती न राष्ट्रिय न नेपाल हुन सक्छन् त्यसकारण मानवअधिकारकाे स्थिति खतरामा छ ।’
यो बेला मानवअधिकारको उल्लंघन समान्य हुनसक्ने भन्दै उहाँले यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘मानव अधिकारको भ्वाइलेसन सामान्य हुने स्थितिबाट बदल्नुपर्छ, भ्वाइलेसन असाधारण कुरा हो, यसलाई अन्त्य गरिनैपर्छ ।’






प्रतिक्रिया