अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशीको नुन खाएर भक्तिभाव गर्दैनौं: सचिव भट्टराई

विदेशीको नुन खाएर भक्तिभाव गर्दैनौं: सचिव भट्टराई


सुर्खेत- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले कुनै विदेशी शक्तिको नुन खाएर भक्तिभाव नगर्ने बताउनु भएको छ।

पार्टीको मिसन ग्रासरूट अभियान अन्तरगत सुर्खेतको गुभार्कोटमा आज आयोजित नगस्तरिय प्रशिक्षण कार्यक्रममा सचिव भट्टराईले नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाको लागि नेकपा एमालेले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको दाबी गर्नुभयो।

पछिल्लो पटक एमाले र माओवादीबीच बनेको गठबन्धनलाई विदेशी शक्तिको प्रभाव परेर माओवादीले भत्काएको दाबी गर्नुहुँदै सचिव भट्टराईले कम्यनिष्ट गठबन्धन भत्काएर प्रचण्डले प्रतिक्रियावादीको सेवक बनेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘एमालेसहित बनेको गठबन्धन भत्काउन अध्यारो कोठाभित्र के कस्ता षडयन्त्र भए त्यो त खुल्दै जान्छ । त्यस्तो गठबन्धन बनाउन प्रचण्डले जे भूमिका खेले त्यसले उहाँको चरित्र उदागो बनाएको छ।’

समाजवादी नामको छुट्टै पार्टी बनाएर माधव नेपाल र झलनाथ खनालले पनि कांग्रेस जस्तो प्रतिक्रियावादीको सेवा गरेको उहाँको भनाइ छ।

कार्यक्रममा केन्दीय सदस्य धर्मराज रेग्मी, पूर्व सासद धुव कुमार शाही, कावा अध्यक्ष कूलमणि देवकोटा लगायतले मिसन ग्रासरूट अभियानले पार्टीलाई थप मजबुद बनाउने बताउनु भयो ।

कार्यक्रम कम्पुनिष्ट आन्दोलनमा योगदान पुर्याए बापत २० जना अग्रजहरूलाई सम्मान गरिएको छ।