अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतामाई ६ का पूर्व वडाअध्यक्ष राना एमालेमा प्रवेश

रौतामाई ६ का पूर्व वडाअध्यक्ष राना एमालेमा प्रवेश


उदयपुर- उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ६ का पूर्व वडाअध्यक्ष तिलबहादुर राना (केशव)ले माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षमा निर्वाचित हुनु भएकाे थियो ।

आजबाट नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तरगत जिल्ला पार्टी कार्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा रानाले माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो।

उहाँलाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं उदयपुर जिल्ला इन्चार्ज मन्जु कुमारी चौधरी, नेकपा एमालेका नेता तथा उदयपुर क्षेत्र २ का प्रतिनिधिसभा सदस्य अम्बरबहादुर रायमाझी लगायतका नेताले पार्टीमा स्वागत गर्नुभएको थियो ।

नेकपा एमाले रौतामाई गाउँपालिका वडास्तरीय मिसन ग्रासरुट अभियान आज वडा ६ मा गरिएको थियो ।

केशव मगर २०७४ को स्थानीय चुनाव अगाडीसम्म एमालेमा नै हुनुहुन्थ्याे । तर चुनावकै समयमा माओवादीमा प्रवेश गर्नु भएको थियो । उहाँले प्रवेश गरेसँगै वडा ६ को महाेल नै परिवर्तन भएको थियो । त्यसकारण ६ नम्बर वडामा उहाँले चुनाव जित्न सफल हुनुभएको थियो । यस वडामा नेकपा एमाले पार्टीकाे बलियो संगठन हुँदा पनि हार व्यहाेर्नु परेको थियो । यसाे हुनुमा पार्टीभन्दा व्यक्ति हेरेको हुनाले उहाँलाई जनताले भाेट दिएर जिताएको एक स्थानीयले बताउनु भयो ।

राैतामाई गाउँपालिकामा एमाले पार्टीको संगठन बलियो छ।