काठमाडौँ-नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ६९ पैसा र बिक्री दर १३२ रुपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ १० पैसा र बिक्री दर १४१ रुपैयाँ ७४ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ०३ पैसा र बिक्री दर १६० रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०७ पैसा र बिक्री दर ३६ रुपैयाँ २४ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।







प्रतिक्रिया