उदयपुर – उदयपुरको रौतामाई गाँउपालिका-८ पाबु पाखाटोलका अग्नी पीडित रामबहादुर मगरलाई राष्ट्रिय युवा संघ नेपाल उदयपुरले आर्थिक तथा तत्ताकपडा र खाध्यन्न सहयोग गरेको छ।
राष्ट्रिय युवा संघ नेपाल उदयपुरका अध्यक्ष बिमल भण्डारीको नेतृत्वमा घटना स्थल पुगेर नगर रु. २६ हजार पाँच सयसहित डस्ना, सिरक, चामल, तेल लगायतका सामाग्री पीडित परिवारलाई सहयोग गरेको हो।
गत फागुन २६ गते मगरको दुईतले घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर नष्ट भएको थियो । उक्त आगालागीमा परी मगरका ६ वर्षिया छाेरी जस्मिन मगर र दुई वर्षिय छोरा रोजन मगरको मृत्यु भएको थियो। सो घटनामा मानविय क्षति बाहेक झन्डै दश लाख बराबरको क्षति भएको थियो।
घरमा आगलागी र मानवीय क्षति देखेर मृतकका २४ वर्षिया आमा जमुना मगर र ६० वर्षिया हजुरआमा खड्गी माया मगर बेहोस समेत हुनु भएको थियो । उहाँहरुलाई उपचारका निम्ति गाइघाट जिल्ला अस्पताल लगिएको थियो।
राष्ट्रिय युवा संघ नेपाल उदयपुरले अग्नी पीडितको पिडामा मलम लगाउन केही सहयोग गरिएको अध्यक्ष भण्डारीले बताउनु भयो।
मंगलबार सहयोग लिएर रिटर्नी फेडेरेसन नेपाल उदयपुर अध्यक्षका राजकुमार घिमिरे, राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरकमिटी अध्यक्ष मन कुमार मगर, युथ फोर्स प्रमुख हेम राई लगायत युवा संघ को युवा टोलिहरु घटनास्थल पुगेका थिए।
यसअघि पनि रौतामाई गाउँपालिका वडा-४ र वडा नम्बर ५ मा आगलागी भएको थियो तर मानवीय क्षति चाहिं भएकाे थिएन। आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्युभएपछि यतिखेर गाउँनै शोकमा छन् ।






प्रतिक्रिया