अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साझा प्रकाशनद्वारा महाप्रबन्धकका लागि आवेदन आह्वान 

साझा प्रकाशनद्वारा महाप्रबन्धकका लागि आवेदन आह्वान 


काठमाडौँ-साझा प्रकाशनले महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको छ । साझा प्रकाशन केन्द्रीय कार्यालय पुलचोक ललितपुरले सूचना जारी गर्दै महाप्रबन्धकका लागि आवेदन आह्वान गरेको हो । 

रिक्त महाप्रबन्धक पद खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने साझा प्रकाशनले जनाएको छ ।  मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा सोसरह उत्तीर्ण गरी सार्वजनिक प्रशासन/व्यवस्थापन/साहित्य/कला/पत्रकारितामा रुचि भएको व्यक्तिले आवेदन दिनसक्ने साझाले जनाएको छ । 

“कम्तीमा २५ वर्ष पूरा भई ६० वर्ष ननाघेको इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र साझा प्रकाशनको केन्द्रीय कार्यालय पुलचोक, ललितपुरमा निवेदन दिन सक्नेछन्,” साझाले प्रकाशन गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।