अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु


झापा – झापाको मेचिनगर नगरपालिका–४ राई सिङ टोल स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय पुष्ट बहादुर कडरीया रहेका छन्।

आज बिहान ७ बजे घर नजिकै सडक छेउमा रहेको काभ्राको रुखमा चढी घाँस काट्ने क्रममा अचानक विधुतिय करेन्ट लागि घाइत हुनु भएको थियो । उहाँको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान गरिरहेको जनाएको छ ।