काठमाडौं – नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसलाई कारबाहीको माग गरेको छ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ। मौन अवधिको उल्लंघन गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेपछि एमालेले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो।
‘यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ। आचारसंहिता उल्लङ्घनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौं’, एमाले संसदीय दलका सचेतक महेश बर्ताैलाले भन्नभयो, ‘यस बारेमा निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेका छौं।’






प्रतिक्रिया