अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ १० दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ १० दलको बैठक बालुवाटारमा जारी


काठमाडौं सत्ता गठबन्धनमा आवद्ध १० दलको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा उपराष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

उपराष्ट्रपति पदको लागि चैत ३ गते हुने निर्वाचनका लागि मङ्गलबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू भएको छ। 

निर्वाचन आयोगले मङ्गलबार निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेको छ।  

सोही दफाको उपदफा १ मा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न सम्बन्धित सबै पक्षले आचारसंहिता पालना गर्नुपर्ने विषय उल्लेख छ।