अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँ बढायो

डीडीसीले दूधको मूल्य लिटरमै ११ रुपैयाँ बढायो


काठमाडौँ – दुग्ध विकास संस्थान (डीडीसी) ले भोलि (बिहीबार) देखि लागु हुने गरी दूधको मूल्य प्रतिलिटर ११ रुपैयाँ बढाउने निर्णय गरेको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग छलफलपछि सो निर्णय भएको दुग्ध विकास संस्थानका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसअघि सरकारले किसानका लागि दूधको मूल्य निर्धारण गरेको र संस्थाकै आन्तरिक लागत समेत बढ्ने भएकाले दूधको मूल्य बढाउनु परेको उहाँले बताउनु भयो । धेरै क्षेत्रको दूध संकलन गरेर ल्याइ त्यसलाई प्रशोधनपछि वितरण गर्नु पर्ने भएकाले लागत बढ्न गई प्रतिलिटर ११ रुपैयाँले मूल्य बढाउनु परेको उहाँको भनाइ छ ।

योसँगै दूधको मूल्य अब ८६ रुपैयाँबाट बढेर ९७ रुपैयाँ पुग्ने भएको छ । यस्तै प्याकेट ४३ रुपैयाँ पर्ने स्टान्डर दूधको मूल्य अब ४८.५० रुपैयाँ पुगेको छ ।