अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा महेन्द्र विष्ट नियुक्त

कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा महेन्द्र विष्ट नियुक्त


विराटनगर -कोशी प्रदेशका मूख्यमन्त्री हिक्मत कार्कीले आफ्नो प्रेस सल्लाहकारमा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र विष्टलाई नियुक्त गर्नुभएको छ ।
मुख्यमन्त्रीका निजी सचिव सुवास श्रेष्ठका अनुसार मुख्यमन्त्री कार्कीले आज विहान विष्टलाई सो पदमा नियुक्त गर्नुभएको हो । उपसचिव सरहको सुविधा दिने गरी विष्टलाई सल्लाहकारमा नियुक्त गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।
विराटनगरका पत्रकार विष्टले आम सञ्चार र पत्रकारिता विषयमा स्नात्तकोत्तर गर्नुभएको छ । उहाँ महेन्द्र मोरङ क्याम्पसमा पत्रकारिता विषयको अध्यापन पनि गराउनुहुन्छ ।विष्ट नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष पनि हुनुहुन्छ ।