अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० दलीय गठबन्धनको बैठक निस्कर्षविहीन

१० दलीय गठबन्धनको बैठक निस्कर्षविहीन


काठमाडौं – १० दलीय गठबन्धनको बैठक बिनानिस्कर्ष टुंगिएको छ।

बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहीन टुंगिएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले जानकारी दिनुभयो। नेता बस्नेतका अनुसार १० दलका बीचमा सकारात्मक रुपमा छलफल भएको छ। अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको उहाँले बताउनु भयो ।

माओवादी नेता बस्नेतले भन्नुभयो, ‘‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको छ। छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यक्ताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल सुरु भएको छ।’’

नेता बस्नेतका अनुसार बुधबारको बैठकमा सरकार विस्तार लगायतका विषयमा पनि छलफल भएको छ।