अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपतिमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै

उपराष्ट्रपतिमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ-उपराष्ट्रपति उम्मेदवारमा सहमति खोज्न सत्ता गठबन्धन दलको बैठक आज पनि बस्ने भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकमा गठबन्धनका तर्फबाट उपराष्ट्रपति उम्मेदवार तय गर्ने भएको हो । हिजो बसेको बैठकमा छलफल भएपनि सहमति जुट्न सकिएको थिएन । 

उपराष्ट्रपतिको उम्मेदवार रहेका जसपाका रामसहाय यादव र जनमत पार्टीकी ममता झामध्ये एकलाई गठबन्धनको साझा उम्मेदवार बनाउन दलहरू समझदारी खोजी रहेका छन् ।