जनकपुरधाम-महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
नेपालीबाट भारत प्रवेश गर्न खोज्दा हिजो अपराह्न साढे ५ बजेतिर साहलाई एसएसबीले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
नेपाली सशस्त्र प्रहरी गणका अधिकृतले दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि स्थानीयले प्रदर्शन रोकेका छन् ।





प्रतिक्रिया