काठमाडौँ । आज सुनको मूल्य प्रतितोला एक हजारले बढेको छ।
हिजो प्रतितोला एक लाख पाँच हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ।
हिजो प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको छ।







प्रतिक्रिया