अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपति चुनावको तयारी पूरा, भोलि बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म मतदान

उपराष्ट्रपति चुनावको तयारी पूरा, भोलि बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म मतदान


काठमाडौं – उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन्।

उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार हुनुहुन्छ ।