काठमाडौं – काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ।
स्ववियु निर्वाचन समितिका संयोजक राजेन्द्र गौतमले स्ववियु निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गर्नुभएको छ। नयाँ कार्यतालिका अनुसार चैत ९ गते बिहीबार निर्वाचन हुने भएको हो।
त्यस्तै मतदाता नामावली चैत ३ गते प्रकाशन गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ । त्यसउपर दाबी विरोधका लागि चैत ४ गतेको समय दिइएको छ।
चैत ५ गते उम्मेदवारी दर्ता, ६ गते उम्मेदवारहरु उपर दाबी विरोध र ७ गते प्रचारप्रसारका लागि समय तय भएको छ ।
यसैगरी, चैत ७ गतेदेखि नै मौन अवधि सुरु हुने छ भने ९ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने संयोजक गौतमद्वारा सार्वजनिक तालिकामा उल्लेख छ ।







प्रतिक्रिया