काठमाडौं – आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ । नेपालले युएईलाई डिएल मेथोडमा नाै रनले हराउँदै विश्वकपमा छनोट भएको हो ।
त्रिवि मैदान कीर्तिपुरमा बिहीबार जितका लागि तीन सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा दुई सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । खेलका लागि पर्याप्त प्रकाश नहुँदा डक वर्थ लेविस (डीएल) मेथोडको आधारमा नेपालले खेल जितेको हो।
अम्पायरले खेल रोक्दै नेपाललाई विजेता घोषित गरेपछि युएईका खेलाडीले भने असन्तुष्टी जनाएका थिए । विजता घोषणाा गरेपछि नेपाली खेलाडीले खुसीयाली मनाएका थिए ।
प्रतिक्रिया