अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने 

 राप्रपाले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने 


काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदान नगर्ने भएको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा मतदान नगरेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मतदान नगर्ने भएको हो ।  

राप्रपाबाट प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । उनीहरूको कुल मतभार दुई हजार ४५० हुन्छ।

उपराष्ट्रपति चयनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ ।

उपराष्ट्रपति पदमा नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव उम्मेदवार छन् ।